मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौँ, ६ असोज । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा खसेको पहिरो पूर्ण रुपमा हटाएपछि सवारीसाधन दुईतर्फी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। शुक्रबारदेखि अवरुद्ध बनेको सडक आइतबार अपराह्नदेखि एकतर्फी सञ्चालन भएको थियो। यद्यपि, जोखिम हुनसक्ने भन्दै आइतबार राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। आज बिहानदेखि दिउँसो १ बजेसम्म एकतर्फी रुपमा सवारीसाधन सञ्चालन गरिएको थियो। दिउँसो १ बजेदेखि सवारी आवागमन बन्द गरेर पहिरो पूर्णरुपमा हटाएपछि सोमबार साँझ साढे ५ बजेदेखि सडक दुईतर्फी सञ्चालन भएको हो।
सडक अवरुद्ध भएपछि दसैँका लागि घर फर्किरहेका यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  २१ : ०९  बजे