शिक्षामन्त्री पुन मन्त्रालयमै सुत्ने, खाट र किचेनको व्यवस्था गर्न निर्देशन

काठमाडौं, ६ असोज । नवनियुक्त शिक्षामन्त्री महाबीर पुन मन्त्रालयमै सुत्ने भएका छन् । उनले आज पदभार ग्रहरण गर्दै क्वार्टर नचाहिने र त्यसका लागि मन्त्रालयमै सुत्नका लागि खाट र किचेनको व्यवस्था गर्न निर्देशन दिएका हुन् । यस्तै उनले आफूले आविस्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि जानकारी दिएका छन् । उनले भने, ‘यो पद ग्रहण गरेपछि म अविस्कार केन्द्रमा रहनु हुँदैन, मैले राजीनामा दिइसकेँ ।’

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १६ : ५४  बजे