कमजोर भयो मनसुनी वायु, यी स्थानमा हुनेछ आज वर्षा

काठमाडौं, ६ असोज । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम र राति भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशका केही स्थानमा, बाँकी पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  ०६ : ५८  बजे