प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री सुशीला कार्कीसँग प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री कार्कीलाई भेटेर विपिनका आमा पदमा र बहिनी पुष्पाले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गरिदिन आग्रह गर्नुभएको हो । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले विपिनको रिहाइका लागि सरकारले हरaसम्भव प्रयास गर्ने बताउनुभएको भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १८ : १४  बजे