धनगढी । बैतडीमा अरिङ्गालको टोकाइबाट युवकको मृत्यु भएको छ । शिवनाथ गाउँपालिका–५ बिनायाका ४० वर्षीय लक्ष्मण दयालाको अरिङगारको टोकाइबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार मकैको पुली बनाउनै काट्न गएका बेला दयालालाई गत भदौ २५ गते अरिङ्गाललाई टोकेको थियो । काठ काट्ने क्रममा अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए ।
त्यसपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा धनगढी ल्याइएको थियो । घर फर्केपछि शनिबार मृत्यु उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए ।








प्रतिक्रिया