काठमाडौं । हामी नेपालीको एउटा बानी छ, आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रासमेत देख्ने । हो ! अहिले ठ्याक्कै त्यस्तै भइरहेको छ ।
‘पुराना नेता’ भनेर एउटा विम्ब बनाइएको छ र सत्तोसराप गरिरहेका छन् । यसरी सत्तो सराप गर्नेले आफूले चैं देशका लागि के गर्यौं भनेर सोच्ने गरेका छन् ? योगदान गर्नेलाई सत्तोसराप गर्ने तर, आफू चाही सिन्को नभाँच्ने प्रवृतिले अहिले मुलुक आतंकित भएको छ । यस्तै आतंककारीको कुरूप गतिविधि जेन–जी का नाममा भदौ २३ र २४ गते देख्न अभिसप्त हुनु पर्यो ।
अहिले एकथरी मान्छे जेनजीको महान विजय भनेर आफ्नै घर जलाएर खरानीमाथि बुरुक–बुरुक उफ्रिरहेका छन् । जो उफ्रिरहेको छ, ऊ कसैको भरौटे हो वा आतंककारी । होइन भने कुनै पनि नेपालीले आफ्नो घर, सम्पत्ति आफैले झोसेर विजयीभावमा उत्सव मनाउन सक्दैन । वास्तवमा यो जेनजीको आवरणमा भएको नेपाल र नेपालीमाथिको खुलेआम बलात्कार थियो ।
जेनजीले त आफ्नो माग शान्तिपूर्णमा राख्ने उद्घोष गरेका थिए । माइतीघरमा असली जेनजीमा अगुवाले एउटा गमला पनि नतोड्ने, फोहोर नगर्ने, प्रहरीको व्यारिकेट नतोड्ने आचारसंहिता बनाएका थिए । बानेश्वरसम्म पुग्दा आतंककारी समूहको घुसपैठ भएपछि उनीहरूले सार्वजनिकरूपमै आह्वान गरेर घर फर्कन भनेका थिए । जेनजीले गर्ने भएको आन्दोलन थिएन, केवल शान्तिपूर्ण विरोध प्रदर्शन हो ।
अनि जेनजीले आफ्नो विरोध प्रदर्शनको कार्यक्रम सकिएको भनेर सार्वजनिक गरेपछिको संसद भवनमा जवर्जस्ती प्रवेश गर्ने, ढुङ्गा मुढा गर्ने, प्रहरीमाथि जाइलाग्ने काम कस्को ? जसलाई गोली लाग्यो उनीहरू जेनजी उमेर समूहकै थिए तर, उनीहरू को थिए, कसबाट परिचालित थिए ? तत्कालिन प्रधानमन्त्रीले गोली हान्ने आदेश दिएको थिएन भनिरहनु भएको छ र यो प्रहरीसंग त्यस्तो हतियार नभएको बताउनुले यो कुरा स्पष्ट गर्दैन र ?
जेनजी स्वयंले विरोध प्रदर्शनमा घुसपैठ भयो भनिरहेका छन् भने जो सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको त्यो जेन्जीले गरेका होइनन् भने त्यस्ता कारवाही गर्न सभ्य नागरिकले सरकारलाई साथ दिनु पर्थ्यो हैन र ? तर, त्यस्तो भएन धमिलो पानीमा माछा मार्ने तत्व सक्रिय भए । जेनजीको क्रान्ति भन्दै अवोध जेनजी पुस्तालाई बद्नाम गरेर स्वार्थको रोटी सेक्न बालेन र रविजस्ता जोकरहरू सल्वलाएको सबैले देखेकै कुरा हो ।
यिनीहरू कोबाट संचालित छन् र यिनीहरूको रिमोट कोसंग रहेछ भन्ने अब छ्याङ्ग भएन र ? जेनजीको नाममा को पुग्यो प्रधानमन्त्रीको कुर्सीमा ? जेनजीका नाममा को गयो प्रधानसेनापतिसंगको वार्तामा ? के उनीहरू जेनजी पुस्ताकै हुन ? अलिकता चेत भएको सबैले बुझ्दछ । वास्तवमा अवोध जेनजीहरूलाई सामाजिक सञ्जालमा नियोजित ढंगले लट्ठ पारेर फसाउने काम भयो ।
दोष जेनजीको टाउकोमा थोपरे, तर मार्न रवि र बालेनका प्यादाहरूले निर्लज्जता देखाए । यो रास्वपा भन्ने पार्टीको त मुखुण्डो बेलैमा उत्रियो किनभने अर्को मुखुण्डोधारी बालेनलाई आफ्नो भाग खाइदिने डर लाग्यो । अर्को भनेको रिमोटवालालाई रविभन्दा बालेनमा भर लाग्यो । रिमोटवाला ‘प्रभू’ ले रवि र बालेनलाई सामानन्तर रूपमा प्रयोग गरेको थियो भन्ने देखिन्छ ।
उनीहरू दुवैको उदयमा तिनै रिमोटवाला प्रभूको हात थियो भन्ने अब घाम जत्तिकै छर्लङ्ग भएको छ । ‘प्रभू’ ले एउटालाई प्रयोग गर्छन, फ्याक्छन, उसको मुखुण्डो उत्रिन्छ फेरि नयाँ मुर्गा खोज्छन् । तर, विश्वास पुरानै मुर्गालाई गर्छन । अब ती ‘प्रभू’ को आगामी कदम के हुनेछ भनेर विस्तारै खुल्न थालेको छ । उनीहरूले बालेको टाउकोबाट हात हटाउने संकेत गरिसकेका छन् ।
अब उनीहरूको विश्वास पात्र भनेको उही पुरानो मुर्गा प्रचण्ड हुनसक्ने देखिएको छ । प्रचण्डको बडिल्याङ्वेज र बालेनको ओरालो यात्राले यही संकेत गरेको देखिन्छ । किनभने उनीहरूलाई नेपालजस्तो सानो मुलुकको प्रधानमन्त्रीले आँखा जुधाएर औंलो ठड्याएको मन नपर्नु स्वभाविक थियो । दास (नोकर) खान लाउन पुग्ने भयो भने दासत्व स्वीकार गर्दैन भन्ने उनीहरूले नबुझ्ने कुरै भएन ।
केपी शर्मा ओलीको नेतृत्वमा नेपालले समृद्धिको यात्रा तय गर्दै थियो । नेपालीको प्रतिव्यक्ति आय १४ सय बढी डलर पुगेको थियो, ऋणभन्दा झण्डै तेब्बर विदेशी मुद्रा सञ्चिति थियो, नेपालीको औषत आयु ७२ नाघेको थियो । भौतिक पूर्वाधारका क्षेत्रमा नेपालले अभूतपूर्व उपलब्धि हासिल गरिरहेको थियो । नेपाल अब केही महिनामै पेट्रोलियम पदार्थ, विजुली बेचेर विदेशी मुद्रा आर्जन गर्ने देश बन्दै थियो ।
त्यो भन्दा पनि केही महिनामै नेपाल अतिविकसित मुलुकबाट विकासशिल मुलुक बन्दै थियो । ‘प्रभू’ हरूलाई नेपालजस्तो मुलुकको यस्तो प्रगति देखेर जलन भएको थियो । जसको परिणाम आज नेपाली ‘लाखेहरू’ बाट नेपालीले सताइनु परेको छ । देशभक्तलाई राक्षस र राक्षसलाई देशभक्तको मुखुण्डो लगाइदिने प्रयत्न भएको छ ।
मतियार बनेका एमालेहरू
यस्तो समयमा पार्टी र नेतृत्वको रक्षा गर्नु एमालेजनको कर्तब्य हो । तर, यहाँ आफूले पद पाउँदा नेतृत्व ठिक, नपाउँदा बेठिक भन्नेहरूलाई चिनेका छन् एमालेजनले । आफू पनि त्यही आशिर्वाद प्राप्त गर्न दौडनेले अर्कोले सोही बाटोबाट उछिट्याउँदा किन रोइलो ? के उनीहरूले अहिलेको नेतृत्वले जति मुलुकका लागि, देशका लागि योगदान दिएका छन् ? के उनीहरूको त्यस्तो के योगदान छ ।
पात्रहरूको नाम नलेखौं यहाँ, तर आफू सिन्को नभाच्ने अनि दोष जति नेतृत्वको टाउकोमा हालेर पानिमाथिको आभानो हुन खोज्ने ? पार्टीमा फरक विचार भनेको के हो भन्ने हामी जत्तिकाले अब बुझिसकियो । कमिटी प्रणालीमा फरक विचार आफू संगठित कमिटीमा राखिन्छ, बहुमतको निर्णय शिरोधार्य गरिन्छ । कमिटीमा चुइक्क नबोल्ने, बाहिर अन्तरवार्ता दिंदै सेलिब्रटी हुनखोज्नेले बुझ्नुपर्छ तिमीहरू भन्दा लाखौं गुणा बढी पार्टी र देशका लागि योगदान गरेकाहरू अहिले पनि एमालेमा भूईँमै छन् । के उनीहरूको आवाज बालेका छौं ?
अन्त्यमा यी भनेका तिनै ‘प्रभू’ का गोटी हुन् । एमालेलाई बाह्य आक्रमणबाट सिध्याउन नसक्दा आन्तरिकरूपमा जगेडामा राखिएका ‘लाखे’ । यस्तासंग बेलैमा हासियार हुनु एमालेको बुद्धिमत्ता ठहर्छ ।









प्रतिक्रिया