बुटवल–नारायणगढ सडक खण्ड पूर्णरूपमा अवरुद्ध

काठमाडौं, ३ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।

लगातारको वर्षाका कारण दाउन्नेको पैँसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताउनुभयो । अस्ति बुधवार बिहानदेखि एकतर्फी भएको दाउन्ने खण्ड आज दिउँसोदेखि पूर्णरूपमा अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

सडक खुलाउने प्रयास भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  २० : ३१  बजे