मुख्यमन्त्री सिंह र सभामुख मण्डलबिच भेट

जनकपुरधाम, ३ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलबीच आज मुख्यमन्त्री निवासमा भेटघाट भएको छ ।

भेटमा हालैको जेनजी आन्दोलनका क्रममा प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयमा भएको क्षतिपश्चात् पुनर्निर्माण कार्यबारे महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी दुवै शीर्ष पदाधिकारीबीच प्रदेश सभाको प्रभावकारी सञ्चालन, विधायकीय कामलाई चुस्त बनाउनुपर्ने आवश्यकता तथा समसामयिक राजनीतिक विषयमा समेत विचार–विमर्श भएको सचिवालयले जनाएको छ ।

भेटघाटलाई संविधान दिवसको पृष्ठभूमिमा प्रदेशको राजनीतिक स्थायित्व, पुनर्निर्माण र प्रभावकारी प्रशासनिक कार्यान्वयनबारे सकारात्मक कदमका रूपमा लिइएको बताइएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १३ : ३२  बजे