कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

पाटन (ललितपुर), ३ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा बसेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा पदाधिकारीहरूले पछिल्लो विकसित घटनाक्रम, जनजीविका र राजनीतिक विषयमा आधारित रहेर धारणा राख्नेक्रम जारी छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १२ : १२  बजे