काठमाडौं, २ असोज । काठमाडौँको गोकर्णेश्वरमा आज दिउँसै एक महिलामाथि खुकुरी प्रहार भएको छ । गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा सीतादेवी पन्तमाथि खुकुरी प्रहार भएको हो । पत्न व्यवसायी हुन् ।
घरमा खाना खाइरहेको अवस्थामा उनीमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीले खुकुरी प्रहार गर्ने सिन्धुपालञ्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ।








प्रतिक्रिया