मोदी सरकारविरुद्ध राहुलको विशेष पत्रकार सम्मेलन

काठमाडौं, २ असोज । भारतको लोकसभामा प्रमुख विपक्षी नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीले अहिले विशेष पत्रकार सम्मेलन गरिरहेका छन् ।

नयाँ दिल्दीस्थित कांग्रेस मुख्यालय इन्दिरा भवनमा आयोजित पत्रकार सम्मेलनमा राहुलले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारविरुद्ध नयाँ खुलासा गर्दै राजनीतिक हलचल ल्याउन सक्ने अनुमान गरिएको छ ।

राहुलले भाजपाले निर्वाचन आयोगसँग मिलेर बिहार, हरियाणा, कर्नाटक र महाराष्ट्रमा मतदाता सूचीमा छेडछाड गरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  ११ : २१  बजे