काठमाडौं, १ असोज । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति नेकपा (एमाले)ले श्रद्धाञ्जली अर्पण गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको हो । बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारे । उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने एमाले मात्र रहेको पनि जानकारी दिए ।
त्यसैगरी, पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताए । उनले ‘संंयमित भएर शक्ति आर्जन गर्ने समय हो’ भन्दै वर्तमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उपमहासचिव ज्ञवालीले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम राखिएको समेत जानकारी दिए ।








प्रतिक्रिया