काठमाडौं, १ असोज । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । चितवनको इच्छाकामना–५ तुइन खोला नजिकै हिजो बेलुका पहिरो खस्दा गाडीको आवागमन दुईतर्फी नै अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक आवागमन एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो । ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ ।
दुई वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको र हिजो रातिदेखि सडकमा रोकिएका गाडीहरुलाई आफ्नो लेन अनुशासनमा रहेर चलाउन सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया