काठमाडौं, ३१ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेट गर्नुभएको हो। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताउनुभयो । भारतले जेनजी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएको हो । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिएको छ।
9
Shares
प्रतिक्रिया