चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, ४ जना घाइते

हेटौंडा, ३१ भदौ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  १५ : ३२  बजे