काठमाडौं , ३१ भदौ ।। भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । तीन जना मृतक एकै परिवारका हुन् । पिकअप जिप भीरमा खसेपछि उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनावारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया