काठमाडौं, ३१ भदौ । गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सबैभन्दा धेरै कास्की र संखुवासभामा पानी परेको छ ।
आज पनि देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
प्रतिक्रिया