भोलिदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं, ३१ भदौ । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।
बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  ०७ : १६  बजे