• ३० आश्विन २०८३, शुक्रबार
Logo
  • अपडेट
Logo
३० आश्विन २०८३, शुक्रबार
  • अपडेट
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार-ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • अन्य
    • प्रवास
    • नेपाल पब्लिक
    • कला-साहित्य
    • प्रवास
    • प्रविधि
    • विचित्र संसार
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रा प्रतिनिधि

पब्लिक प्रेस सर्च गर्नुहोस्

ताजा अपडेट

फूलपातीदेखि टीकासम्म अधिकांश ठाउँमा मौसम सफा रहने अनुमान

एनपीएलले पायो आईसीसीको आधिकारिक मान्यता

काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर

सरकारले कालोपत्रेको विकल्पमा सिमेन्टबाट बन्ने सडकलाई प्राथमिकता दिने

चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त

प्रहरीको बर्दी डर होइन, भरोसाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

कांग्रेस सभापति गगन थापाको शपथ फूलपातीमा, अन्य पदाधिकारीको दसैंपछि

खगेन्द्र सुनारमाथिको अनुसन्धान अघि बढ्यो, अडिओको प्राविधिक परीक्षण गरिने

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा सामूहिक राजीनामा

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • विचार
  • कला-साहित्य
  • अन्तर्वार्ता
  • प्रदेश
  • शिक्षा
  • विश्व
  • प्रवास
  • नेपाल पब्लिक
  • प्रवास
  • प्रविधि
  • विचित्र संसार
  • स्वास्थ्य-जीवनशैली
  • हाम्रा प्रतिनिधि

आयोजना कटौती गरी रु एक खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल


पब्लिक प्रेस

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

9
Shares
  • A-
  • A
  • A+

काठमाडौँ, ३० भदौ । नवनियुक्त अर्थमन्त्री डा रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब रु एक खर्ब स्रोत जुटाउन सकिने बताउनुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उहाँले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताउनुभयो । उहाँले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

उहाँले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताउनुभयो । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन”, उहाँले भन्नुभयो, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।” युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरुले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।” उहाँले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गर्नुभयो ।

“विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु”, उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । “हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन ।

सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ”, उहाँले भन्नुभयो । अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताउनुभयो । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताउनुभयो । त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताउनुभयो । “जेनजी प्रदर्शनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटीएममा क्षति पुगेको छ, यद्यपि यो समय मानिसहरुको मनोबल बढाउने हो, जे घटना घट्यो त्यो ज्यादै दुखद् छ । राष्ट्र बैंक सक्दो सहयोग गर्न तयार छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार  १४ : ४४  बजे

प्रतिक्रिया

ताजा अपडेट

फूलपातीदेखि टीकासम्म अधिकांश ठाउँमा मौसम सफा रहने अनुमान


एनपीएलले पायो आईसीसीको आधिकारिक मान्यता


काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु


गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर


सरकारले कालोपत्रेको विकल्पमा सिमेन्टबाट बन्ने सडकलाई प्राथमिकता दिने


चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त


प्रहरीको बर्दी डर होइन, भरोसाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ


लोकप्रिय

घरबास बाढीले बगाएपछि फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले
आफ्नैले छुरा हाने, कता जोगिने ? बाँचुन्जेल वैरीसामु झुक्दिनँ : अध्यक्ष ओली
पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, लफडा गर्नै पर्दैन : ओली
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी, खड्गीलाई ३७५ मत
गोलबजार स्वास्थ्य चौकीलाई कुमारी बैंकको स्वास्थ्य सामग्री सहयोग
विवाद समाधानपछि कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना सुरु

Logo

Y.K.M media Ptv. Ltd.

दर्ता नं.: 327201/080-81

Phone +9779861-494445

Email: [email protected]

Address: Anamnagar-29, Kathmandu

Quick Links
  • हाम्रो बारेमा
  • प्रयोगका शर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • युनिकोड
  • राशिफल
  • मिति परिवर्तन
Our Team
अध्यक्ष तथा प्रधान सम्पादक

यसिमा महत

वरिष्ठ संवाददाता

उषा के.सी.

मार्केटिङ

शितल महत

View All
© 2025-2026 Y.K.M media Ptv. Ltd.
Designed & Developed by:Appharu.com