नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौ, ३० भदौ । अन्तरिम सरकारका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् ।

घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  १३ : ०५  बजे