सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ

काठमाडौँ, २९ भदौ । बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबा काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले र राति पक्राउ गरेको हो ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार  १२ : ४५  बजे