फरार दुई कैदी सिराहामा पक्राउ

सिराहा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा नख्खु कारागार र कारागार कार्यालय जलधरेश्वर महोत्सवबाट फरार भएका दुई जना कैदीलाई सिराहा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको टोलीले ती फरार कैदीहरूलाई अन्य जिल्ला हुँदै सिराहा आएको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रामसेवक यादव (५१ वर्ष) ,सिराहा नगरपालिका–४, रघुनाथपुर बस्ने, बैंकिङ कसुर मुद्दा, गोपाल साह (२८ वर्ष) भारत, मधुबनी जिल्ला, झँझरपुर बस्ने व्यावसायिक उद्योगसम्बन्धी मुद्दा रहेका छन् ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार  १० : १९  बजे