प्रधानमन्त्री कार्कीलाई तिब्बती धर्मगुरु दलाई लामाको बधाई

काठमाडौ, २८ भदौ । तिब्बती धर्मगुरु तथा नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले नेपालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिनुभएको छ । उहाँले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ –नेपाल र तिब्बतका जनताबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती निर्वासनमा आउनुपरेका शरणार्थीहरूलाई पुनःस्थापना गर्न नेपाल सरकारले र नेपाली जनताले दिएको सहयोगप्रति म अत्यन्तै आभारी छु।

उहाँले नेपाली भूमिमा बसोबास गर्दै आएका तिब्बती समुदायले नेपालकै आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गरिरहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले तिब्बती समुदायको संख्या कम भए पनि अर्थतन्त्रमा उनीहरूको योगदान सकारात्मक रहेको बताउनुभयो । नेपालमा पछिल्ला वर्षहरूमा देखिएको समग्र विकास र समृद्धिको उहाले प्रशंसा पनि गर्नुभयो । ुजब यस्तो प्रगतिले गरिब र आवश्यक परेका मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ, त्यस्तो उपलब्धि अझ अर्थपूर्ण हुन्छ, उहाँले भन्नुभएको छ ।
धर्मगुरु लामाले प्रधानमन्त्री कार्कीलाई सशक्त नेतृत्वको शुभकामना दिँदै चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्न शुभकामना दिनुभएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार  २० : १६  बजे