काठमाडौँ, २८ भदौ । हाल कोशी र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णालीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश, बागमती र गणडकीका केही स्थान र बाँकी पहाड र तराईं भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
राति पनि कोशी र मधेशलगायत बागमती प्रदेश र गण्डकीको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया