एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई हरायो

काठमाडौं, २७ भदौ । एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले हङकङलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले पराजित गरेको हो । हङकङले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १७ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि कप्तान लिट्टन दासले ५९ र तौहिद हृदयोयले ३५ रन बनाए । हङकङका अतीक इकबालले दुई तथा आयुष शुक्लाले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले सात विकेट गुमाएर एक सय ४३ रन बनायो । हङकङका निजाकत खानले ४२ र जीशान अलीले ३० रन बनाए । बङलादेशका तस्किन अहमद, तन्जिम हसन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिए ।

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलङ्का छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  ०६ : ३१  बजे