जेन–जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

काठमाडौँ, २६ भदौ । आफूलाई जेन–जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि आज पनि वादविवाद गर्न थालेका छन्‌ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेगरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा ती समूहहरूले आ–आफूले भनेका व्यक्तिलाई नै अघि सार्नुपर्ने भन्दै वादविवाद गरिरहेका हुन्‌ ।

कार्कीको साटो आफ्ना समूहले अघि सारेको व्यक्तिलाई नै सरकार प्रमुख बनाउनुपर्ने एकोहोरो ढिपी उनीहरूले दोहो¥याइरहेका छन्‌ । ती मध्ये अधिकांशले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम लिएका छन्‌ । ती समूहले समाचार सङ्कलन निम्ति पुगेका भारतीय मिडियामाथि पनि आक्रोश पोखेका छन्‌ । गेटमा वादविवाद गरिरहेकाहरूलाई हटाउन सेनाले प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  १२ : ३६  बजे