खेलकुद पत्रकार मञ्चको स्पोर्टस् अवार्ड स्थगित

काठमाडौं, २५ भदौ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ ।

यही भदौ २८ र २९ गते पोखरामा आयोजना हुने भनिएको अवार्ड पछिल्लो घटनाक्रमका कारण देशको अवस्था असामान्य भएकाले अवार्ड स्थगित गरिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । उनले जेनजी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटना क्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड तत्काललाई स्थगित गरिएको बताए ।

मञ्चका अध्यक्ष अधिकारीले स्थिति सहज भएपछि स्पोर्टस् अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी दिए ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १८ : २०  बजे