काठमाडौं, २५ भदौ । हिजो आन्दोलनकारीले जलाइदिएको भवनभित्र काठमाण्डौ र कास्कीको पोखरामा गरी ३ वटा शव भेटिएको छ ।
प्रहरीका अनुसार पोखरा लेकसाइडमा रहेको गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको हो ।
बिहान विन्दुकुमार थापाका भाइ ध्रुवा थापाको नयाँबजारमा रहेको घरमा रहेको गाडीको शोरूममा पनि एक महिलाको शव फेला परेको थियो ।
यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गङ्गा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले हिजो ललितपुर महानगरपालिका वडा नम्बर २६ सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो । जलेको अवस्थामा फेला परेको पुरुषको शव पहिचान हुन बाँकी रहेको छ ।
0
Shares
प्रतिक्रिया