काठमाडौं, २५ भदौ । जेन जी प्रदर्शनकारीले आगजनी गरेका मुख्य प्रशासनिक भवन सिंहदरबार र सर्वोच्च अदालतको भौतिक संरचनामा क्षति पुगे पनि डाटा भने सुरक्षित रहेको छ ।
सिंहदरबारभित्र रहेको विभिन्न सरकारी निकाय र सर्वोच्च अदालतको डिजिटल तथ्याङ्क (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय कम्प्युटर इन्जिनियर दीपेन्द्र रौनियारले जानकारी दिनुभएको छ । आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआरसी (डिजास्टर रिकभरी केन्द्र) पनि पूर्णतः सुरक्षित रहेको रौनियारले बताउनुभयो । नेपाली सेना र स्थानीयवासीले पनि सुरक्षा दिएकाले हिजोको आगजनीको प्रयासबाट सुरक्षित रहेको उहाँको भनाइ छ ।
0
Shares
प्रतिक्रिया