त्रिवि अन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाहरू स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् । सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ । अर्को सूचना नआएसम्म सम्पूर्ण परीक्षा स्थगित गरिएको कार्यालयले बुधबार एक सूचना निकालेर जनाएको हो ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १६ : ४६  बजे