पोखरा । पोखरामा जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । नयाँबजारस्थित सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको अटो शोरूममा जेनजी प्रदर्शनकारीले आगो लगाउँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै अंशुभारा बिल्डिङ लेकसाइडमा भएको आगजनीमा एक युवतीको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीले जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले देशभर ठुलो क्षति पुगेको छ ।
प्रतिक्रिया