काठमाडौं, २३ भदौ । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ । सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया