काठमाडौं, २३ भदौ । आजको आन्दोलनको प्रदर्शनका क्रममा झडप र गोली लागेर घाइते भएकाहरुलाई अस्पताल लैजाने क्रममा ५ वटा एम्बुलेन्स तोडफोड भएको नेपाल एम्बुलेन्स चालक संघले जनाएको छ । संघका केन्द्रीय सदस्य विपिन खड्काले दिएको जानकारी अनुसार तोडफोडका क्रममा एकजना एम्बुलेन्स चालक पनि घाइते हुनुभएको छ । उहाँका अनुसार राष्ट्रिय ट्रमा सेन्टरको एउटा एम्बुलेन्स क्षतिग्रस्त भएको छ भने सुस्वास्थ्य नेपालको एउटा तोडफोड भएको छ ।
त्यस्तै, नेपाल एम्बुलेन्स सर्भिस १०२ नम्बरका ३ वटा साधन बानेश्वरमा आन्दोलनकारी फुटाइदिएका छन् । संघले घाइतेको उद्दार र उपचारमा संलग्न एम्बुलेन्स र चालकमाथि आक्रमण नगर्न सबैमा अपिल गरेको छ । एक एम्बुलेन्स चालकले भने जेन्जी भनिने आन्दोलनकारी ठिक नभएको बताउनुभयो । उहाँले एम्बुलेन्स जस्ता अति आवश्यक सवारीका साधन विमारी बोेकेका एम्बुलेन्स यसरी तोडिनु उनिहरुको भिड अराज भएको आरोप समेत लगानुभयो ।
प्रतिक्रिया