काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई एम्बुलेन्स सेवालाई अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएको छ । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाएर जेनजी आन्दोलनका घाइतेहरूलाई समयमै अस्पताल पुर्याउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले जारी गरेको पत्रमा घाइते नागरिकहरूको जीवन रक्षाका लागि तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनका क्रममा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क उपचार गर्न समेत सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई परिपत्र गर्दै घाइतेहरूको यथाशीघ्र उपचार व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया