काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला हुन थालेका छन् ।
अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ । युवाहरू कलेज ड्रेस लगाएर प्लेकार्डसहित मण्डलामा सहभागी भइरहेका छन् । बिहान ११ बजेदेखि मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।
प्रतिक्रिया