६१ उपसचिव र शाखा अधिकृतको सरुवा, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

काठमाडौं, २३ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरेर ६१ जना कर्मचारीको सरुवा गरेको छ ।मन्त्रालयले आइतबार ४४ उपसचिव र २८ शाखा अधिकृत गरेर ६१ कर्मचारीको सरुवा गरेको हो ।
जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा अधिकृतलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।
मन्त्रालयले स्थानीय तहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शून्यमा झार्ने उद्देश्य अनुरुप अहिले १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

Notices-2025090723113729

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  ०८ : ०७  बजे