एमाले विधान महाधिवेशनः २९ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं, २२ भदौ ।
नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सम्पन्न भएको छ ।
ललितपुरको गोदावरीमा भदौ २० गते अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा तीन मुख्य प्रस्तावसहित केन्द्रीय निकायका चारवटा प्रतिवेदनहरू पनि सर्वसम्मत पारित भएका छन् । यी प्रतिवेदनहरूमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो । समूहगत छलफलपछि सबै टोली नेताले आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका थिए ।महाधिवेशनले २९ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

यस्तो छ प्रस्ताव

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  २२ : २६  बजे