‘जेनजी’का नाममा समाजलाई भड्काउन खोजियो – प्रधानमन्त्री

काठमाडौं, २२ भदौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’​ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको बताउनुभएको छ । एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरूले उठाएका सवालहरूको जवाफ दिने क्रममा ओलीले जेनजी पुस्ताका नाममा समाजमा अशान्ति पैदा गर्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउन खोजिएको छ, तर ‘जेनजी’ पुस्ता देशलाई माया गर्छ प्रधानमन्त्री ओलीले भन्नुभयो । ‘जेनजी’ पुस्ताले सोमबार गर्ने भनिएको प्रदर्शनलाई लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाललाई एक वर्षदेखि दर्ताका लागि समय दिइएको भन्दै स्वाभिमानबाट मात्र स्वतन्त्रता प्राप्त हुने बताउनुभयो । ुअहिले चारजना मानिसको रोजगारी खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो । देशको कानून नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ,ु अध्यक्ष ओलीले भन्नुभयो । उहाँले असमानता कम गर्दै विभेदलाई अन्त्य गर्ने पार्टीको नीति रहेको उल्लेख गरे । छलफलसहित प्राप्त नीतिलाई अंगीकार गर्दै मिसन ८४ को अभिभारा पूरा गर्नेगरी पार्टी अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  १९ : ४८  बजे