एमाले विधान महाधिवेशन : ‘पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन हुँदैन’ – बहुमत प्रतिनिधि

काठमाडौं, २२ भदौ ।  नेकपा (एमाले) को दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत सुझावको प्रस्तुतीकरण सकिएको छ ।लतिलपुरको गोदावरीमा चलिरहेको महाधिवेशन केन्द्रमा आज तेस्रो दिन प्रतिवेदनमाथि छलफल गर्न बनेका १० वटै समूहले प्रस्तुतीकरण सम्पन्न गरेका एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।उहाँका अनुसार समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमाथि सुझावसहित मूल अवधारणामा सहमति जनाएका छन् ।यसैबीच विधान महाधिवेशनका बहमुत प्रतिनिधिहरूले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने मत दिएका छन् । १० वटै समूहका प्रतिनिधिले पछिल्लो केन्द्रीय कमिटीको निर्णयलाई सकारात्मक भन्दै पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउँदा पदको गरिमा असर पर्ने बताएका छन् ।प्रचार विभागका प्रमुख गौतमका अनुसार गठित समूहमा झन्डै २ देखि ३ प्रतिशत प्रतिनिधिहरूले मात्रै भण्डारीको सदस्यता रोक्न नहुने धारणा राखेका छन् । प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिएपछि पार्टीको विधान पारित गर्ने योजना छ ।एमालेको यो विधान महाधिवेशनमा ७० वर्षीय उमेर हद र एउटै नेता दुई कार्यकारी पदमा बस्न नहुने प्रावधानलाई हटाएर पारित गर्न लागिएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  १५ : ४६  बजे