काठमाडौँ,२२ भदौः । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गर्ने आन्दोलनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि साथ दिने भएका छन् । जेएनजी पुस्ताले सोमबार नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका बेला प्रसाईंले पनि उक्त अभियानमा साथ रहने घोषणा गरेका हुन् ।
आइतबार फेसबुक पेजमा लेख्दै प्रसाईंले भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद समेत दिएका छन् । ‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछ । गत चैत १५ जस्तो सरकारले दमन नगरोस्’, प्रसाईंले लेखेका छन् ।
प्रतिक्रिया