लम्जुङ, भदौ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा नेतृत्व गरेकाे सरकारहरूले जनतामुखी र ऐतिहासिक काम गरे पनि प्रचारप्रसारमा कमजोरी भएकाले त्यसको मूल्याङ्कन जनतासमक्ष पुग्न नसकेको बताउनुभएकाे छ ।
लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले भइरहेको मध्यपहाडी लोकमार्ग अभियानमार्फत जनतालाई भेट्न आएको बताउनुभयाे । ‘हामीले धेरै काम गरेका छौँ तर प्रचारमा कमी भयो, अरूले कुहेको पिठो बेचिरहेका छन्, त्यसैले हामीले गरेका काम जनतालाई भन्न र सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौँ’, उहाँले भन्नुभयाे ।
उहाँले पहिलो, दोस्रो र तेस्रो कार्यकालमा आफूले प्रधानमन्त्रीका हैसियतले गरेका कामहरूको स्मरण गर्दै त्यस्ता उपलब्धिलाई जनतामाझ पुर्याउन सकेको भए अहिलेको मूल्याङ्कन अझ फरक हुने विश्वास व्यक्त गर्नुभयाे।
प्रतिक्रिया