२२ भदौको राशिफल: तपाईँको भाग्य कस्तो ?

काठमाडौं, २२ भदौ ।

मेष: आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। तपाईंलाई धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ। न्यायिक कार्यमा पनि सफलता मिल्नेछ।भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: सांस्कृतिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा दिनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ र सामाजिक क्षेत्रबाट मान(सम्मान प्राप्त हुनेछ। जल, फूल वा सुगन्धित वातावरणमा समय बिताउनुहोस्।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ७० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

मिथुन: आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ। भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ४२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: आज विवेकले काम नगर्न सक्छ, त्यसैले सचेत रहनु होला। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुने सम्भावना छ। मनमा दुविधा उत्पन्न हुनेछ। आहार(विहारमा पनि सावधानी अपनाउनु पर्नेछ। रिस्क कम, सुरक्षित रणनीति रोज्नुहोस्। भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, सेयर बजारमा ४१ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: आज रमाइलो यात्राको सम्भावना रहेको छ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ। वैदेशिक क्षेत्रका कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५ र शिक्षामा ६५ सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: आजको दिन मनोरञ्जनपूर्ण समय रहला। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। नजिकको मित्रसँग भेटघाट हुनेछ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७१ र शिक्षामा ६१ सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला: आज मान्यजनसँग भेटघाट हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयर बजारमा ७० र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृश्चिक:आज नियमित खर्च बढ्ने योग छ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ। रमणीय र सुखद् यात्राको योग छ।

भाग्यशाली रङ घ्यू रङ्ग र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, सेयर बजारमा ३४ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

धनु: आजको दिन कर्म प्रधान रहेको छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। आजको मन्त्रस् ूकल्पना उडान हो, कार्य त्यसको पखेटा हो।ू

भाग्यशाली रङ घ्यू रङ्ग र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। पहाड, प्रकृति वा चियाबारी हेर्ने सोच लाभदायक हुनेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, सेयर बजारमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ: आज प्यारो साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। रोकिएका अधुरा कार्यको पुनस् थालनी हुनेछ। शुभ समाचार पनि सुन्न पाइएला। डकुमेन्ट तयार राख्नुहोस्( नयाँ गन्तव्य खुल्न सक्छ।

भाग्यशाली रङ आकाशे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल(कपट नगर्ने।

मीन: आज विचार पुर्याएर निर्णय लिनु राम्रो होला। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। स्मरण शक्ति कमी भएको आभास गर्नु हुनेछ। गरेका काममा ढिलासुस्ती पनि हुनेछ। आजको मन्त्रस् ूसुनाइमा पनि समाधान लुकेको हुन्छ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, सेयर बजारमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

 

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  ०६ : ५३  बजे