काठमाडौं, २१ भदौ । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किनुभएको छ । तर पार्टीले उहाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसक्नुभएको छ । उहाँले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताउनुभयो । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ । वर्तमान सरकारबाट मन्त्री फिर्ता नगर्ने उहाँले बताउनुभयो । मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको दावी समेत गर्नुभयो ।
12
Shares
प्रतिक्रिया