नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडौँ, २१ भदौ । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त हुनु भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गरी यो नियुक्ति दिनुभएको हो । पौडेलले यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धक भएर काम गरिसक्न्नु भएको छ । उक्त निकायमा उनको उत्कृष्ठ कार्यक्षमता समेत देखाइसक्न्नु भएको छ। पेशाले उहाँ सीए समेत हुनुहुन्छ ।

नेपालको अर्थतन्त्र र वित्तिय क्षेत्रको राम्रो जनाकार रहेका उनले पुनर्बीमाको नेतृत्व लिँदा  कम्पनीले अझ उचाइमा थप्ने आशा गरिएको छ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  ११ : ३७  बजे