काठमाडौँ, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पु¥याउने अभियन्तालाई सम्मान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शान्ति फाउन्डेसनका अध्यक्ष सन्जमाया तामाङ र प्रहरी नायब निरीक्षक रुद्रप्रसाद भट्टलाई सम्मान गरिएको हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा योगदान पु¥याएबापत उहाँहरुलाई जनही रु ३५ हजार नगदसहित सम्मान गरिएको हो । यस्तै मन्त्रालयले जिल्ला प्रहरी कार्यालय पर्सा र कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई पनि सम्मानित गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९औँ राष्ट्रिय दिवसका अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा आज काठमाडौँका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्ध ¥याली निकालिएको छ । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न स्थानीय तहलाई सबैभन्दा बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचबिखन तथा ओसारपसारको मुख्य कारण पत्ता लगाएर मात्र सरकारले समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया