तोलामा २५ सय रूपैयाँले बढ्दै सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं।  शुक्रबार छापावाल सुनको मूल्य २५ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २५ सय रूपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ४ सय ९०  कायम भएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  १२ : ०१  बजे