केही ठाउँमा दिउँसो मध्यम र राति ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, १९ भदौ । देशका केही ठाउँमा आज दिउँसो मध्यम र राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

मधेश र लुम्बिनी प्रदेशको तराईको केही ठाउँहरुमा हावाहुरी पनि चल्न सक्ने महाशाखाले जनाएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

यतिखेर भने काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । गएराति कास्की र लमजुङमा ठूलो पानी परेको थियो ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  ०८ : २७  बजे