काठमाडौं, १८ भदौ ।नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएको छ ।छाती दुख्ने समस्यापछि उहाँलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी हुनुहुन्थ्यो । गत वर्ष उनको मुटुको शल्यक्रियासमेत गरिएको थियो । पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
18
Shares
प्रतिक्रिया