काठमाडौं, १७ भदौ । फुटुङमा एक व्यक्ति अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४१ वर्षीय विराज सिंह, सोही ठाउँ बस्ने ४४ वर्षीय राज लवट खत्री र फुटुङ बस्ने ३९ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।१६ भदौको दिउँसो साढे ३ बजेतिर फुटुङस्थित पदम चन्द्र स्कुल नजिक एक रमा अपरिचि मानिस प्रवेश गरी ए व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरी अनुसन्धानमा खटिएको थियो ।तारकेश्वर–१ स्थित एक घरबाट मोबाइल समेत अफ गरि ती व्यक्तिलाई बन्धक बनाएर राखेको अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराले बताउनुभयो । पक्राउ परेका तीन जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
6
Shares
प्रतिक्रिया