काठमाडौं, १७ भदौ । पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । ठूलो पानी परेका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुमेर फर्किने र जाने पर्यटक अलपत्र परेका हुन् ।
हिजो साँझ पहिरोले अवरुद्ध बनेको सडक अहिलेसम्म खुलाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेतले जानकारी दिनुभयो । पहिरो धेरै ठूलो हुँदा सडक खुलाउन समय लाग्ने उनको भनाइ छ । यो बाहेक अरू वैकल्पिक सडक नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या भएको बस्नेतले बताउनुभयो ।
साँझ नै सडक खुलाउने प्रयास गरे पनि वर्षाका कारण नसकिएको उनको भनाइ छ । बिहानैदेखि सडक खुलाउन उपकरण प्रयोग गरिएको छ ।
प्रतिक्रिया